• २०८३ कार्तिक २८ गते शुक्रवार

सीआईबीमा कार्यरत २६ जनामा कोरोनाको संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत २६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ब्यूरोका एक अधिकृतले २६ जनामा कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार संक्रमित अधिकारीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।

सीआईबीका अधिकारीको सर्वसाधारणसँग सीधै सम्पर्क नहुने भएकाले पनि कसरी संक्रमण फैलियो भन्नेबारे कन्ट्याक ट्रेसिङ र थप परीक्षण पछि मात्र थाहा हुने बताइएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस