• २०८३ जेष्ठ ९ गते शनिवार

गजल !”अब आन्दोलनको मैदान मा नपसि हुँनेछैन”

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

अब आन्दोलनको मैदान मा नपसि हुँनेछैन,
बर्गिय शंघर्षका लागि कमर नकसि हुँनेछैन।

सामाजिक राजनीतिक पनि दोषित भएपछि,
नागरिकहरु नि चुपचाप लागेर बसि हुँने छैन।

देशैभरी नव लैण्डुबको भरमार भएको बेला,
देशद्रोही हरु जति खोलामा न धसी हुँनेछैन।

हेर कोरोनाको कहर मा पनि भ्रष्टचार गर्नेहरु,
सामाजिक अप्राधी लाई मोसो नघसि हुँनेछैन।

कति दीन बच्लान अप्राधीहरु जनताहरु बाटै,
एक न एक दीन त उन्लाई नि नफसी हुँनेछैन।

Sharing

प्रतिक्रिया दिनुहोस