भदौ २७, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार स्थानीय पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे सिलिन्डिर बिष्फोट भएको हो ।

सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छिन् । घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको छ ।