• २०८३ जेष्ठ ५ गते मङ्गलवार

उपत्यकामा आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १३, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।

१.नेपाली काङ्ग्रेस चागुनारायण नगर समितिले स्व. जानकीप्रसाद कुइकेलको १८ औं स्मृति दिवसको अवसरमा माल्याअर्पण कार्यक्रममा गर्ने ।
स्थान :- जिल्ला पार्टी कार्यालय भक्तपुर ।
समय :- ७:३० बजे ।

२.राज्य ब्यबस्था तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- ११:३० बजे ।

३.राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- ११:३० बजे ।

४.उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- ११:३० बजे ।

५.आंशिक प्राध्यापक संघ सानोथिमी क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१२ गते १५:०० बजे देखि गरेको तालाबन्दी जारी ।

६.गैर सरकारी चिकित्सकहरुले अपारदर्शी र अन्याय पूर्ण व्यवस्थाको खारेजीको मागराखि विरोध प्रदर्शन गर्ने ।
स्थान :- नेपाल मेडिकल एसोसिएसनको कार्यालाय,बागबजार ।
समय :- नखुलेको ।

७.संस्थागत बिधालय शिक्षक युनियन राष्ट्रिय समिति (ISTU) ले विभिन्न माग राखि असोज ११ गते देखि १३ गते सम्म मानव संसाधन विकास केन्द्र,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,श्रम मन्त्रालय र प्रदेशमा सामजिक विकास मन्त्रालयमा अल्टिमेटम पत्र दिने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

८.त्रि.बि.बि शिक्षण अस्पताल महाराजगंजका पुर्व प्रा.डा.गोविन्द केसीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी मिति २०७७/५/२९ गते देखी बसेको अनशन जारी रहेको । (हाल त्रिवि शिक्षण अस्पतालकाे NX1भबनकाे ५०१ नम्बर क्याबिनमा उपचार गराइ रहेको ।)

९.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।

१०.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

Sharing

प्रतिक्रिया दिनुहोस