• २०८३ जेष्ठ ६ गते बुधवार

थप एक जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको हो । भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा श्वासप्रश्वासमा समस्या आएर शुक्रबार राति साढे १२ बजे मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस