• २०८३ मङ्सिर ४ गते बिहिवार

थप १४५४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५१ हजार ९ सय १९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २६ , काठमाडौँ। थप १४ सय ५४ जनामा कोरोना कोभिड १९ संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार ७ सय १ नमुना परीक्षण गर्दा १४ सय ५४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ९ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३६ हजार ६ सय ७२ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय २२ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस