• २०८३ बैशाख २५ गते शुक्रवार

गजल !”जता पनि हेर्छु कोरोना कै कहर देख्छु”

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

जता पनि हेर्छु कोरोना कै कहर देख्छु,
आतङ्कले भरिएको गाउँ सहर देख्छु।

कसरी लडौँ हामी अदिश्य दुश्मन सँग,
बतास मा पनि मिसिएको जहर देख्छु।

छैन कत्ति काम देश मा रोग भोक मात्रै,
बिदेश तिर हिँड्ने मज्दुरकै लहर देख्छु।

चिल्लि बिल्लि अस्पताल र कोरेन्टेनमा,
रुवा बास अन्धकार भरी दोपहर देख्छु।

जिम्मेवारी बाट भग्छ जनताले छानेको,
भेडा र बाख्रा जस्तै उसैको ठहर देख्छु।

भोक रोग शोकमा पुरादेश डुबेको बेला,
पानीको जस्तै यँहा आसुको नहर देख्छु।

Sharing

प्रतिक्रिया दिनुहोस