• २०८३ कार्तिक ३० गते आइतवार

चार दिन देखि हराएकी मुगुकी एक महिला कर्णाली नदिमा मृत फेला

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, मुगु। मुगु कर्णाली नदिको किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मुगुको मुगुम कार्मारोङ गाउपालिका वडा नं ६ बस्ने श्रीमान पेमा तोर्चे लामाका वर्ष ४१ कि टोमा लामाको रिउस बगर स्थित मुगु कर्णाली नदिको बिचमा मृत अवस्थामा फेला परेकी हुन ।

 

उक्त मृत अवस्थामा फेला परेको भनि मुगुम कार्मारोङ गा.पा वडा न. ७ का स्थानीय ठिल्ले लामाले प्रहरी चौकी पुलु लाई जानकारी गराउन साथ प्रहरी नायब निरीक्षक बीर बहादुर चन्दको कमाण्डमा खटिएको ५ जना को टोलीले घटनास्थल तर्फ गई थप अनुसन्धान गरि रहेको बताईएको छ ।

यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डिएसपी रविराज थपलियाका अनुसार यहि बैशाख २२ गते राति ८ बजेतिर घर बाट हराई रहेकी थिइन । मृतक लामाको शुक्रवार मुगु कर्णाली नदिको बिचमा पौडिरहेका अवस्थामा ४ दिन पछि शब फेला परेको उनको भनाई छ ।

घटना बारे थप अनुसन्धान भई रहेको डिएसपी थपलियाको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस