• २०८३ बैशाख २० गते आइतवार

प्यूठानमा सामुदायिक बिद्यालयहरुले अभिभावक ठगेको नेबि संघको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ२३ , प्युठान । प्यूठानको झिमरुक गाउँपालिकाका सामुदायिक बिद्यालयहरुले बिभिन्न सहयोगको वहानामा अभिभावक ठगेको नेपाल बिद्यार्थी संघले आरोप लगाएको छ।नेपाली कांग्रेसको भातृ संगठन नेबि संघले बिद्यार्थि भर्ना गर्दा चन्दा, सेवाशुल्क, सहयोग लगायतका वहानामा अभिभावकबाट रकम असुल्नु गैर कानुनि भन्दै गाउँपालिकालाई ध्यानाकर्षण गरेको जनाएको छ ।

नेबिसंघ झिमरुक गाउँपालिका समन्वय समितिका संयोजक माधव केसीद्धारा हस्ताक्षरित ध्याकर्षण पत्रमा भनिएको छ,”नेपालमा माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क तथा अनिवार्य भएको भएपनि बिद्यालय प्रशासनले बिद्यार्थि र अभिभावकबाट लगेको शुल्क तत्काल फिर्ता गरियोस ।  नेपालको संबिधान २०७२ ले माध्यमिक तह सम्मको शिक्षालाई निशुल्क तथा अनिबार्य व्यवस्था गर्ने भनिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस