जेठ २०, प्युठान । प्रहरीले भरूवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ऐरावती गाउँपालिका(१ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारुलाई २ थान भरूवा बन्दुक सहित बिहीबार राति पक्राउ गरेको हो ।
विषेश सूचनाको आधारमा प्रहरी चौकी दाङवाङ र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा १-१ थान भरुवा बन्दुक आ-आफ्नो गोठमा लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।