भदौ २१, काठमाडौँ । थप ९ सय ८० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार ३ सय ८२ जनामा नमुना परीक्षण गर्दा १९ सय ८० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय १४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २८ हजार ९ सय ४१ जना रहेको छ ।