• २०८३ बैशाख १६ गते बुधवार

कोभिडको खोप अर्काे वर्षको मध्यपछि मात्र बजारमा आउँछ– विश्व स्वास्थ्य संगठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ २०,एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र 
उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका 
लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् । उनले सो पत्रकार सम्मेलनका क्रममा भने– मलाई लाग्छ यो 
खोप बजारमाा आइसक्नका लागि अर्काे वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।


त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सकने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस