भदौ १९, काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ७९ हजार ३३८ कोरोना संक्रमित थपिएसगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ८४ हजार ८९५ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ५९ हजार १३० संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार साँझसम्म दिएको जानकारी अनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८४ लाख ७० हजार २६५ व्यक्ति कोरोना मुक्त भएका छन् ।