• २०८३ जेष्ठ १७ गते आइतवार

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३ काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ‌ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जादै छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबीच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस