• २०८३ बैशाख ३१ गते बिहिवार

गजल

गजल
सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

जनता र सरकार मिलेर जितौ कहर लाई,

कोरोना मुक्त गाउँ अब गाउँ र सहर लाई।

जसरि तसरी बसौं घर मे नमो यता उता,

 केहि दिनका लागि त्यागौ घुम्ने रहर लाई।

सबैका साथ र सहयोगले जीत्न सकिन्छ,

 आई परेको भयङ्कर बिदेशी जहर लाई।

बनौ शूर्य चन्द्रमा यो देशका नागरीक हरु,

 अन्धकार हुँनबाट जोगाउँन दोपहर लाई।

जोगौनुछ यो देशको गरिमा सदियों हामी,

 पूर्वजों देन चौतारी पिपल बहर लाई।

रोकौँ यो देशका बिर बहादुर सिपाही हौं,

बतासले उब्जाएको आँसु को नहर लाई।

Sharing

प्रतिक्रिया दिनुहोस