भाद्र १६ ,काठमाडौँ । बिगत लामो समय समय देखि नेपाली गीत संगीत क्षेत्रमा आवद्द गायक तथा सर्जक सन्तोष के सी को यति बेला एक मौलिक लोक दोहोरी गीत ”पियारु ”बजारमा आएको छ ।

सन्तोष के सी र कमला पोख्रेलको सुमधुर आवाज रहेको गीत पियारु निकै दर्शकको मन लुट्दै र टिकटकमा पनि भाइरल बन्दै गएको छ । यो गीतमा शब्द सुरज गैह्रे र लय सन्तोष के सी को रहेको छ ।नेपाली लोक संगीतमा मौलिकपन हराउदै जादा , गायक तथा सर्जक के सीको यो मौलिक भाकाले मौलिक पनको झल्को मेटाएको छ । यसमा अभिनय अनु शाह र रमेश के सी रहेका छन् ।
कमल सौरागको एरेन्ज रहेको गीत पियारु मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतको ध्वनि सम्पादक कुमार रानाले गरेका हुन् । (भिडियो सहित)