• २०८३ जेष्ठ ३० गते शनिवार

रनवेमा चिप्लिएको बुद्ध एयरको विमानमा ५१ यात्रु र ४ चालक दलका सदस्य, सबैको सकुशल उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, झापा। झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ । विमान रनवेभन्दा बाहिरको भागमा गएको छ । स्थानीय र सुरक्षाकर्मीले यात्रू र चालक दलका सदस्यको सकुशल उद्धार गरेका छन् ।

काठमाडौंबाट भद्रपुर गएको विमान अवतरणका क्रममा रनवेबाट चप्लिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले उडान संख्या ९०१ जहाज ९ एन- एएमएफ उडानमा ५१ जना यात्रु र चालक दलका ४ सदस्य सबै सुरक्षित रहेको जनाएको छ ।

बुद्ध एयरले काठमाडौंबाट अर्को जहाजमा टेक्निकल एवं रिलिफ टिम पठाउन लागिएको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस