• २०८३ बैशाख ७ गते सोमवार

मुगुमा मदिरा सेवन गरेर एक जनाको मृत्यु

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४ मुगु । मुगुमा अत्याधिक मदिरा सेवन गरेर एक जनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं ७ रोकाया बाडाका अन्दाजि वर्ष ३० का धनराज रोकायाको मदिरा सेवन गरि मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतक रोकाया हिजो राति ९ बजेतिर सोरु गाउपालिका नजिक रहेको सोरुकोटको आसपासमा मृतक भेटिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार पोष्टमार्टम पछि ठोस कारण पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए । उनका अनुसार मृतक रोकाया लाई पोष्टमार्टमको लागि स्वास्थ्य सेवा कार्यालय मुगुमा ल्याईएको साहले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस