भदौ १२, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ९२७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १६९ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २० हजार २ सया ४१ जना रहेको छ भने मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ ।