• २०८३ असोज ६ गते मङ्गलवार

प्रदेश १ मा १ सय २३ संक्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ०३, मोरङ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा बुधबार १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् ।

मन्त्रालयका अनुसार थप संक्रमितमा मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेका छन । प्रदेश १ मा बुधबार दुई जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा बुधबार १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस