• २०८३ बैशाख ९ गते बुधवार

रुकुमेली समाज बिकास केन्द्र रुकुम पश्चिम द्रारा सुआहारा कार्यक्रम संचालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, रुकुम । रुकुमेली समाज बिकास केन्द्र रुकुम पश्चिम द्रारा संचालित सुआहारा कार्यक्रमले जिल्लाको ६ बटा स्थानिय तह र रुकुम पुर्वी जिल्लाको ३ वटा स्थानिय तह गरी ९ वटै स्थानिय तहमा महिला स्वास्थ्य स्वयंमसेविकालाई लक्षीत गरी २०७७ मंसिर महिनाको ११ र १२ गते राष्ट्रय व्यापिरुपमा संचालित भिटामिन ए र जुकाको औषधी खुवाउन कार्यक्रममा कोभिड १९ कोरणा भाईस बाट बच्नको लागी मास्क र सेनिटाईजर बितरण गरीएको छ ।

महिला स्वास्थ्य स्वयंमसेविकाको लागी प्रत्येक महिला स्वास्थ्य स्वयंंम सेविकालाई ५ वटा मास्क र १ वटा सेनिटाजर बितरण गरीएको छ । जसमा मुसिकोट नगरपालीकामा महिला स्वास्थ्य स्वयंमसेविका ४७ जना, त्रिवेणी गाउंपालीकामा ३७ जना ,चौरजहारी नगरपालीका ३८ जना,आठबिसकोट नगरपालीकामा ४७ जना,बाफिँकोट गाउंपालीकामा ३९ जना,र सानीभेरी गाउंपालीकामा ३७ जना गरी रुकुम पश्चिमका २४५ जनालाई २४५ वटा सेनिटाईजर र १,२२५ वटा मास्क बितरण गराएको छ । त्यसै गरी रुकुम पुर्वका सिस्ने गाउंपालीकामा ४२ जना भुमे गाउंपालीकामा ४६ र पुथा गाउंपालीकामा ५४ जना गरी १४२ जनालई १४२ वटा सेनिनाईजर र ७१० वटा मास्क बितरण गरीएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस