भदौ १,वीरगञ्ज । बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको हो ।झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको डीएसपी मिश्रले बताए उनका अनुसार ६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप नरोकिएपछि १३ राउण्ड हवाई फायर गरेपछि बल्ल स्थिति नियन्त्रणमा आएको हो । स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।