• २०८३ बैशाख ५ गते शनिवार

काठमाडौँमा चक्कु हानेर लक्ष्मणको ज्यान लिने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१,काठमाडौँ । काठमाडौँको मनमैजुमा चक्कु हानेर नुवकोटका लक्ष्मण तामाङको हत्या गर्ने मुख्य व्यक्ति आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाका अनुसार दोलखा घर भएका आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको हो ।

शुक्रबार साँझ सुमन गोर्खा खाजा घरमा ‘गर्लफेन्ड खोसेको’ विवादमा दुई समूहबीच झडप हुँदा शेर्पाले चक्कु प्रहार गर्दा लक्ष्मणको मृत्यु भएको थियो ।नुवाकोटका २४ वर्षीय लक्ष्मणको शव ग्रिनसिटी अस्पतालमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस