साउन ३१,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको साउन ३० गते शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।

शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा निधन भएको जनाएको छ ।उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।