भदौ २२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बुधबार बिहान ९ बजेका लागि बोलाइएको हो ।

उक्त बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।