सकि न सकी काम बेस्सरी भयो,
परिणाम आँसु आँखा भरी भयो।
गरिबको पौरख धनीको पोल्टिमा,
भोकै गरिब धनीको मनपरी भयो।
पक्कै साशक हरुको ब्यबहार ले,
निर्दोश गरीबहरुनै अधमरी भयो।
एक पटक होईन गलती सदै भरी,
धनले मातेका बाट घरीघरी भयो।
कति गिनाउँ शोसकका गलतीहरु,
बिषालु आकार्मण थरी थरी भयो।
टाउको हल्लाउँन थाले पछि बडी,
अन्याय अत्याचार खरखरी भयो।
जिब्रो हल्लाउने आँखामा बिजाए,
बर्गशंघर्ष भन्ने उस्तै बराबरी भयो।