• २०८३ बैशाख २० गते आइतवार

आज कहाँ कति भेटिए कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २९ , काठमाडौँ । थप ५२५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँउपत्यकामा मात्र १२७ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना छन् ।

यस्तै मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २-२ जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २-२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १र१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस