• २०८३ जेष्ठ १ गते शुक्रवार

महोत्तरीमा स्रोत नखुलेको ३० लाख नगदसहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, महोत्तरी ।महोत्तरीमा स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मटिहानी नगरपालिका-८ स्थित चौकीबाट खटिएको टोलीले आइतबार दिउँसो साढे ३ बजे एक जनालाई ३० लाख रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।प्रहरीले वडा नम्बर ३ बर्दाहा बस्ने २३ वर्षीय मो। सहाउदिनलाई पक्राउ गरेको हो।

भारतबाट नेपाल आउँदै गरेको ज ६ प ६९४४ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले सहाउदिनले बोकेको झोला जाँच गरेको थियो।
झोलामा २८ लाख र उनको खल्तीबाट २ लाख बरामद गरेको हो।उनीमाथि थप अनुसन्धान गर्न जलेश्वर भन्सार कार्यालय मलिवारा पठाएको कार्यालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस