• २०८३ असोज ६ गते मङ्गलवार

गजल!

सुरेशकुमार पान्डे। पढ्न लाग्ने समय : १ मिनेट

भन्छन अन्तरराष्ट्रीय युवा दिन आयो,
धुम धाम मनाएपनि एकै छिन आयो।

मारे होनहार युवा जनयुद्धकै नाउँ मा,
उन्कैलास आज बुजुर्वा अधिन आयो।

बचेका युवाहरु पनि परदेशी भएपछि,
युवा दिवस ता आज युवा बिन आयो।

शहिदको खेती गरेर यो देशभित्र हेरन,
आज सरकार पनि लाग्दो घिन आयो।

पाँच तारेमा गफा गफछन गफडिहरु,
अन्तरराष्ट्रीय युवादिवस एकिन आयो।

रोजगारका लागी गयको युवाको यँहा,
डैथ बाडीले भरीएको त्यो टिन आयो।

Sharing

प्रतिक्रिया दिनुहोस