• २०८३ जेष्ठ १६ गते शनिवार

गीतकार धितालका दुई गीत बजारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २९, काठमाडौ। गीतकार एच. के. धितालको दुईवटा गीतहरुको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ। सन्तोष रजौरेको स्वर सङ्गीत रहेको “स्वीकार छ” बोलको एक आधुनिक गीत र डम्बर ढकालको सङ्गीत तथा राम थापाको स्वर रहेको “यहि देशमा जन्मे हुर्के” बोलको स्वदेश गानको लिरिकल भिडियो हालसालै सार्वजनिक भएको हो।

योगेशकाजीको सङ्गीत संयोजन रहेको गीतकार धितालको सार्वजनिक आधुनिक गीत स्टुडियो साउण्ड मिलमा महेश्वरमान राजभण्डारीद्वारा रेकर्डिङ मिक्सिङ गरिएको हो भने ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको राष्ट्रिय भावनाको गीतमा सङ्गीत संयोजन बिष्णु अधिकारीले गरेका हुन्। गीतकार धितालका लगभग तीन दर्जन गीतहरु बजारमा आइसकेका छन् ।
भिडियो

Sharing

प्रतिक्रिया दिनुहोस