• २०८३ असार १५ गते सोमवार

एक्साभेटरमा आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, मकवानपुर । मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगको एक्साभेटरमा आज आगजनी गरिएको छ । राक्सिराङ गाउँपालिका–४ स्थित गिगुु खानीमा रहेको उक्त एक्साभेटरमा आगजनी भएको हो ।

प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार अन्य दुई एक्साभेटरमा तोडफोड गरिएको छ । गिगुु खानीमा रहेको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालि भवनको अगाडि पार्किङ गरिएको वा५७३४ नंको एक्साभेटरमा आगजनी भएको हो । सो एक्साभेटर पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको छ ।

त्यसैगरी पार्किङ गरी राखिएको वा२क ५८९ तथा वा३क ६९७ नंको एक्साभेटरान तोडफोड भएको छ । आगजनी र तोडफोडबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस