श्रावण १९, बाँके । नेपालगन्ज उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नौ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, आईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, जग्गा व्यवसायी र पसले रहेका छन । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार तीन जनामा स्वास्थ्य समस्या देखिएको छ । उनीहरू सबैलाई आईशालेशनमा राखिएको छ ।