• २०८३ बैशाख ६ गते आइतवार

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, काठमाडौँ । साउन १३ को बैठक स्थगन र प्रचण्डको अध्यक्षतामा अलग्गै बैठक बसेपछि उत्पन्न गतिरोध हटाउन नेकपाका दुई अध्यक्षबीच ६ दिन पछि भेटवार्ता भएको हो । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड आइतवार बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका हुन् ।प्रचण्ड ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने अडानमा छन् भने ओली दुवै पद नछाड्ने अडानमा छन् । प्रचण्ड यसअघि पूर्व माओवादीका नेतालाई लिएर वार्तामा जाने गरेकामा पूर्व एमालेभित्रको समेत एउटा समूहको नेतृत्व गरेको देखाउन झलनाथलाई पनि लगेका हुन् ।

साउन १३ गते निर्धारित स्थायी समिति बैठक पहिलो बरियताका अध्यक्ष केपी ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको थियो । सोही दिन प्रचण्डको अध्यक्षमा प्रचण्ड माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस