श्रावण १६, काठमाडौ । सुमित्रा गौतमले स्वरमा रहेको तीजगीत सम्झायो माइतीघरको भिडियो सार्वजनिक भएको छ । दुर्योधन बस्नेतको शब्दरचना, सुरेश शाहीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा गीतमा तीजमा माइत जान नपाएकी चेलीका पीडाहरु पोखिएको छ।
समीर थोकरको कोरियोग्राफी, ललित के.सी.को निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’ र रामसिंह भाटको सिनेम्याटोग्राफीमा भिडियो निर्माण भएको हो िजसमा वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन एवं कलर करेक्शन गरेका छन् । भिडियोमा लोकेश भाटको सह-सम्पादन रहेको छ । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा एलिना रायमाझी, सुरवीर पण्डित, विद्या कार्की, सम्झना भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
https://youtu.be/-LsvetVE9x4