साउन १६,बेइजिङ । चीनमा भ्रष्टाचार बढेको भन्दै प्रधानमन्त्री लि खछ्याङले चिन्ता व्यक्त गरेका छन् । उनले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने र एक समृद्ध र स्वच्छ सरकारको रुपमा काम गर्नेतर्फ आफू सजग भएको बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट ब्यरोको स्थायी कमिटीका सदस्यसमेत रहेका लिले स्टेट काउन्सिलको बैठकमा स्वच्छ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका हन् । मुलुकको प्रधानमन्त्रीले नै भ्रष्टारचा बढेकोप्रति चिन्ता व्यक्त गर्नु एक दयनीय अवस्था भएको विज्ञहरुले बताएका छन् ।
सरकारी कोषको दुरुपयोग हुन नदिन सरकारले निगरानी संयन्त्र बनाउनुपर्नेमासमेत जोड दिएका छन् । उनले समयमै काम सक्ने र सत्यता र पारदर्शीता कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।