साउन १५, काठमाडौँ। काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले काठमाडौँले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । साउन ७ गतेदेखि खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ ।

सयहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ ।काठमाडौँ उपत्यकामा प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताए ।
उनले उपत्यकामा कोरोना समुदायमा फैलिए भयावह हुने बताए ।खुलेसँगै उपत्यकामा सवारीसाधन र विभिन्न स्थानमा भीडभाड बढ्दै जान थालेकाले सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सरसफाइ गर्ने काममा सबैले जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।