फागुन २९, दाङ । घोराही बजार स्थित दाङ उद्योग बाणिज्य संघको कार्यलय नजिकै बुधबारबाट थुर्पा रेस्टुरेन्ट सन्चालन आएको छ । एक उद्घाटन कार्यक्रम आयोजना गरि रेस्टुरेन्ट सन्चालन आएको हो ।

रोल्पा कोर्चाबाङ घर भै हाल घोराही उपमहानगरपालिका ज्ञघ डम्बरगाउँ बस्दै आउनु भएका समाजसेवी कैलाश घर्ती मगरले थुर्पा रेस्टुरेन्ट सन्चालन ल्याउनु भएको हो ।दाङ देउखुरी होटेल व्यवसायी संघका अध्यक्ष रुद्र बहादुर डागी , उपाध्यक्ष दिपेन्द्र पुन मगर ,सचिव ईश्वर बुढा मगर ,थुर्पा रेस्टुरेन्ट सन्चालक कि आमा नन्दसरा घर्ती मगर लगायत को उपस्थित रहेको कार्यक्रममा संघका अध्यक्ष रुद्र बहादुर डागी र रेस्टुरेन्ट सन्चालक कि आमा नन्दसरा घर्ती मगर द्वारा रिवन काटी रेस्टुरेन्टको उद्घाटन गरिएको हो ।

जलजला सेवा समाज कतार र थुर्पा प्रवासी कोर्चाबाङ सेवा समाज दोहा कतारका अध्यक्ष पदमा रहि प्रवास बाट नै रोल्पा लगाएत विभिन्न ठाउँहरु धेरै सामाजिक कार्यमा अग्रसर हुनु हुन्थ्यो कैलाश घर्ती मगर । सेवा समाज सेवा मा जहिले पनि अग्रसर रहने घर्ती अब व्यवसायिक क्षेत्र बाट भएपनी समाजसेवामा लाग्ने सन्चालक घर्ती मगर ले बताउनु भयो ।
रेस्टुरेन्टमा भेज तथा नन भेज इन्डियन ,चाइनिज तथा तन्दुरी आइटम हरु र मकैको ढिडो,आटो, सुस्नो, थकाली खाना लोकल कुखुराको मासु, माछा, खसिको मासु, विरियानी,चाउमिन, म:म , आदि अर्डर अनुसारको खाना नास्ता बनाउनका साथै होम डेलिभरिको समेत सुबिधा रहेको छ ।
कैलाश घर्ती मगर प्रवास बाटै रेडियो रोल्पाबाट सन्चालन आउने कार्यक्रम प्रवासी को आवाज सन्चालन गर्नु हुन्थ्यो । प्रवास बाटै उहाले पत्रकारिता गर्दै आउनु भको थियो। प्रवास मा रहेका प्रवासिहरुको पीडा बाहिर ल्याउन खोज्दा धेरै दुख पाइएको उहाले स्मरण गर्नु भयो । मलाइ समाज सेवा गर्न सानै देखि रहर लाग्ने मान्छे हु म र त्यसै अनुसार मैले कसैलाइ पनि दुखमा परेको देख्न सक्दैन उहाले भन्नु भयो पहिले को ठाउँ बाट फरक सैलेमा समाज सेवा गर्थे भने अहिले पनि म समाजसेवा मै छु मात्रै क्षेत्र फरक हो तर समाजसेवा गर्ने थोरै तरिका मात्रै फरक हो । सधै सबैको साथ पाइरहेको छु अझै साथ पाउने आशा गरेको छु उहाले मुस्कुराउदै भन्नू भयो ।
समाजसेवी कैलाश घर्ती मगरलाइ हाम्रो शुभकामना सफल व्यावसायिकको रुपमा चिनिनु ,उत्कृष्ट सेवा सुबिधा दिन सफल हुनु हाम्रो शुभकामना छ ।