श्रावण ११, काठमाडौं । गृह मन्त्रालयले सामाजिक दूरी कायम गराउन, मास्क सेटिनाइजरको प्रयोगमा कडाइ गर्न निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयसहित देशभर जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

गृहको परिपत्रमा सामाजिक दूरी कायम नभएको, मास्क सेनिटाइजर प्रयोग नगरीएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्न सक्ने तर्फ पनि सचेत गराउदैं मास्क प्रयोग, सामाजिक दूरी कायममा अटेरी गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्नसमेत निर्देशन दिएको छ ।