• २०८३ मङ्सिर १० गते बुधवार

चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर बाजुरामा बस्तुभाउ मरे
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार अपरान्ह पख चट्याङ लागेको थियो ।

चट्याङ लागेर बाजुरामा बस्तुभाउ मरे
बाजुरामा चट्याङ लागेर चार भैंसी मरेका छन् । बडिमालिका–७ मा शुक्रबार राति चट्याङ लागेर स्थानीयले पालेका चार भैंसी र एक गाई मरेका हुन् । बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर चार भैंसी सहित एक गाई मरेका छन् । स्थानीय प्रेम खत्री,सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक/एक भैंसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस