• २०८३ बैशाख १९ गते शनिवार

कपर्दार भोट्टुपाँडे ऐतिहासिक ढुङ्गेधाराको मेयर शाक्यद्धारा उद्घाटन सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १०, काठमाडौं । काठमाडौ महानगरपालिका वडा नं १६ सोर्हखुट्टेमा रहेको पुनर्निर्मित कपर्दार भोट्टुपाँडे ऐतिहासिक ढुङ्गेधाराको काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यद्धारा भब्य समाहारोहका बीच उद्घाटन सम्पन्न भएको छ । प्रदेश सांसद वसन्त मानन्धरको नेतृत्वमा, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित बजेट तथा ढुङ्गेधारा पुनर्निर्माण उपभोक्ता समितिको सक्रियता र महानगरपालिका सम्पदा विभागसंगको सहकार्यमा उक्त ऐतिहासिक ढुङ्गेधारा पुनर्निर्माण भएको हो ।

कार्यक्रममा प्रदेश सांसद वसन्त मानन्धर र मेयर बिधासुन्दर शाक्य, वरिष्ठ नागरिक समाजका कार्यावाहक अध्यक्ष लक्ष्मीरत्न तुलाधर, १६ वडा सदस्य जिवन मानन्धरले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रममा स्वागत मन्तव्य सन्तोष पाँडे,,आयव्यय विवरण कोषाध्यक्ष मीना थापा मानन्धरले गर्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व अध्यक्ष लक्ष्मण गमाल र संचालन सचिव सुनील केसिले गर्नूभएको समारोहमा महानगरपालिका भौतिक बिकास बिभाग प्रमुख राम थापा १६ वडा सदस्यहरु,लगायत स्थानिय बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस