असार ३, पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी सुस्ता पुर्व हुप्सेकोट गाँउपालिकाको १४ जना, मध्यबिन्दु नगरपालिकाको २ जना, पालिका नखुलेको १ जना र कावासोती नगरपालिकाको १ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै पर्वतको फेलेवास नगरपालिकाका ३ जनामा कोरोणा संक्रमण देखिएको हो । योसगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ सय ४७ जना पुगेको छ ।
