मलाई फेरी यो असारमा रोप्न मनलाग्यो
छुपुमा छुपु परिबर्तनका बिऊहरु रोप्न मनलाग्यो ,
मलाई फेरी एकचोटी निम्ता दिएका छन् बाउसे गर्न
मलाई बाँकी रहेका फोहोरमैला , कुडाकर्कट मिल्काउन मन लाग्यो ।
आएका छन् टन्नै रोपारेहरु
आएकाछन् टन्नै बाऊसेहरु बाऊसे गर्न
खेतका आलिहरुमा
खेतका गराहरुमा छपक्कै छन् राता मान्छेहरु
परिवर्तनका असारे गीतहरु गाउँन
तर
कठै ! मेरो देश कहिल्यै परिवर्तन भएन ।
रूप उहि छ रङ्ग उहि छ तर
मानिसको चेतनामा कहिल्यै बदलाव आएन
अव हामी युग वदल्छौ भन्नेहरु खोइ कुन कित्तामा परे
वारी परेकी पारी परे
पारी पर्नेहरु पारीको पारी नै रहे
वारी पर्नेहरु अझै जस्ताको तस्तै छन्
लडिरहेकाछन परिवर्तनको लागि
अधिकारको लागि लड्नेहरु लडेको लडै छन
तर देश जस्ताको तस्तै छ
नेतृत्व गर्नेहरुको जीवन शैलीमा परिवर्तन आएको छ ।
त्यसैले मेरो आङ्गन वरिपरि रातामान्छेहरु आएका छन
आउनुहोस फेरी एक चोटी बाऊसे गरम
परबर्तननका लागि
अधिकारको लागि ।
नुवाकोट