• २०८३ भाद्र ३० गते मङ्गलवार

आजको मौसम : देशैभर वर्षा, सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ०२, काठमाडौं । मंगलबार दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राती सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी र मध्य भू(भागमा मनसुनी वायु तथा पश्चिमी भू(भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका प्रभावले हाल प्रदेश नं ५ का थोरै भु-भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भु-भागहरुमा वर्षा भईरहेको छ।

महाशाखाले देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ जसका कारण ति क्षेत्रहरुका नदिमा पानीको वहाव बढ्ने, पहिरो जाने , सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेको हुनाले सबैलाई आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस