जेठ ३०, रोल्पा । थबाङमा गाउँपालिकाले ¥र्यापिड टेस्ट (आरडिटी) परिक्षणको काम जारी रहेको छ भने अहिले सम्प परिक्षण गरिका ४१ जना सबैको रिर्पोट नेगेटिभ आएको छ । थबाङ गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थप १६ जना आरडीटी रिर्पोट नेगेटिभ आएको छ ।
भारतको विभिन्न क्षेत्रबाट आएर श्री बराह क्षेत्र प्रा.वि छेर्लोबाङको क्वारेन्टाइनमा रहेका थप ११ जनाको आज गरिएको ¥र्यापिड टेस्ट (आरडिटी) परिक्षणमा सबैको रिर्पाेट नेगेटिभ आएको हो । जेठ १४ गते यता भारतबाट आएका १० जना र दाङबाट आएका १ जना सहित ११ जनाको जलजला अस्पताल तथा अनुसुन्धान केन्द्र थबाङमा कार्यरत अ.हे.व राज कुमार बुढा र ल्याव असिन्टेट सुनिज खाम मगरको टोलीले ¥यापिड टेस्ट (आरडिटी) परिक्षण गरिएको थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुनले बताउनु भयो ।
हामीले भारतबाट आएका मध्ये ६ जनाको जेठ १२ गते ¥यापिड टेस्ट (आरडिटी) परिक्षण गरिसकेका छौ भने उहाहरुको सवैको रिर्पोट नेगेटिभ आइसकेको छ । उच्च जोखिम देखिएको क्षेत्रबाट आएका नागरिकहरुको ¥यापिड टेस्ट (आरडिटी) परिक्षण गर्ने गरेका छौ हिजो मात्रै दाङ र बर्दियाबाट आएका १२ जनाको रिर्पोट पनि नेगेटिभ आएको छ । १४ दिनको क्वारेन्टाइन बसाईपश्चात ¥यापिड टेस्ट (आरडिटी) परिक्षण गरेर उहाँहरुलाई घर पठाएका छौ उहाँहरु घरमा गएर पनि केही दिन होम क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा बस्नुहुनेछ ।
थबाङ गाउँपालिकामा अहिले सम्म ४१ जनामा ¥यापिड टेस्ट (आरडिटी) परिक्षण गरिएको र संक्रमणको सम्भाव्यता भएको खण्डमा थप ¥यापिड टेस्ट (आरडिटी) परिक्षण गरिने छ । आरडिटी टेस्टले शरिरमा भएको एंटीबडी क्षमताले भाइरस सँग लड्ने क्षमता भए नभएको रिर्पाेट देखाउने गरेको स्वास्थ्य संयोजक पुनले बताउनु भयो ।