• २०८३ जेष्ठ २ गते शनिवार

मुगुमा पिसिआर रिपोट नेगेटिभ

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ २८, मुगु । मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । २७ गते मुगुका तिन स्थानिय तहमा रहेका क्वारेन्टटाईनमा बस्दै आएका ५ सय ३५ जनाको स्वाव संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा परिक्षण गर्दा ४ सय २७ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार छिमेकी देश भारत तथा तेश्रो मुलुक बाट र अध्यान अध्यापन गर्न जिल्ला भन्दा बाहिर गएका व्यक्हिरुको स्वाव संकलन गरि प्रयोगशालामा परिक्षण गर्दा संकलितहरुको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटिले बताए । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका १ सय १५ जनाको कोरोना भाईरस कोभिड १९ का स्वाव परिक्षण गर्दा रिपोट नेगेटिभ आएको हो । यसको तिन दिन अगाडी परिक्षणको लागि जुम्लामा पठाइएको थियो ।

No description available.

यस्तै जिल्लामा रहेका ३ वटा स्थानिय तहमा क्यारेन्टटाईनमा बस्दै आएका ५ सय ३५ जना लगाएत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी गरि सोमबार मुगु जिल्लामा रहेको सोरु गाँउपालिका १सय ७० जना मध्येको ७५ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ भने ९५ जना रिपोट आउन बाँकि रहेको छ ।

No description available.

त्यस्तै खत्याड गाँउपालिका २ सय ४३ जना मध्ये २ सय २० नेगेटिभ आएको छ भने २३ जनाको रिपोट आउन बाँकि रहेको डाक्टर नगरकोटिकले जनाएका छन । मुगु जिल्ला बाट पठाइएका ५ सय ३५ स्वाव मध्ये १ सय ८ जनाको परिक्षण गर्न बाँकि रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । सदरमुकाम गमगढी बजारमा रहेको श्री महाकाली नमुना माद्यमिक विद्यालयमा बसेका जम्मा ७४ जना लाई आज सबैको रिपोट नेगेटिभ आउदा घर फर्काईएको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले जानकारी दिए । शाहीका अनुसार छिमेकि देश भारत बाट आएका १० जना हाल सोही क्वाराईन्टाईनमा राखीएको शाहीले बताएका छन । आज घर गएका २३ महिला र ४८ पुरुष रहेका छन् ।

No description available.

 

Sharing

प्रतिक्रिया दिनुहोस