• २०८३ जेष्ठ १७ गते आइतवार

आजको मौसम : मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणाली को प्रभाव रहेको छ । जसका प्रभावले देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने प्रदेश २ तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको तराई भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ । साथै गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भैरहेको अवस्था छ।

महाशाखाले जनाए अनुसार आज दिउँसोः देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश र प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकि प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश र प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरेको  छ ।

Sharing

प्रतिक्रिया दिनुहोस