• २०८३ कार्तिक २९ गते शनिवार

चन्द्रागिरीमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा जेसिबी डोजर दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार बिहान पौने १० बजे मकवानपुरबाट गणेशमान सिंह लोकमार्ग हुँदै थानकोटतर्फ आउँदै गरेको ना १ क ७२९३ नम्बरको जेसिबी चन्द्रगिरी नगरपालिका–४ सेते पहरामा दुर्घटना हुदा मकवानपुर थाहा नगरपालिका ०४का ३३ वर्षीय चालक पुर्ण ध्वज केसी र सहयोगी २७ वर्षीय अनिल दिसुवा घाइते भएका थिए ।

घाइते भएका उनीहरुलाई नेशनल ट्रमा सेन्टर अस्पताल लगिएको थियो । चालक केसीको उपचारको क्रममा बिहीबार राति पौने १२ बजे मृत्यु भएको वृत्तले जनाएको छ । प्रोगेसिभ कन्सट्रक्सन प्रालिको जेसिबी सडकबाट २५० मिटर तल खसेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस