जेठ २३, मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले लकडाउनको समयमा २३ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको छ । सदरमुकाम गमगढी बजारमा चल्ने सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ । विना पासमा चल्ने नियम उल्लघन गरि गुड्ने साना जिप तथा मोटरसाईकलहरु प्रहरीको नियन्त्रणमा परेको सुचना अधिकारी भिमदत्त जोशीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मुगुले लकडाउनको उल्लंघन गर्ने ६१ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ । सदरमुकाम लगायत ग्रामिण क्षेत्रमा विना काम आवातजावत गर्ने ६१ जनालाई नियन्त्रणमा लिएको जनाईएको छ । पछिल्लो समय नेपाल सहित कर्णालीका केही जिल्लामा कोरोना भाईरस कोभिड १९ को सक्रमण दिन प्रतिदिन फैलिदै गए पछि मुगुमा पनि यस संक्रमण नफैलियोस भनेर जिल्ला प्रहरी कार्यालय मुगुले कडाईका गरेतापनि अझै लकडाउनको उल्लघन गर्ने हरु भएकाले प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए ।
उनका अनुसार लकडाउन उल्लघन गर्ने व्यक्ति लाई करिव १ घण्टा सम्म कोरोना भाईरस कोभिड १९ को सक्रमण बारे प्रशिक्षण दिई छोडेकोे उनले बताए ।