• २०८३ मङ्सिर २ गते मङ्गलवार

सामुदायिक वन उपभोक्ता समितीका कोषाध्यक्ष घुस सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, सिन्धुली । जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सामुदायिक वन उपभोक्ता समिती तिनपाटन गाउँपालिका, वडा नं १० सिन्धुलीका कोषाध्यक्ष मिन बहादुर घोलेसमेत २ जना रु.३,३०,५००/- रकमसहित पक्राउ परेका छन ।

सिन्धुली, तिनपाटन गाउँपालिका वडा नं. १० मा सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको वडा नं. ९ मा लैजान दिने भनी घुस रकम माग गरी उक्त घुस रकम लिई पुरानो काठ लैजान दिएको भन्ने निवेदनको अधारमा ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीबाट खटिई गएको टोलीले तिनपाटन गाउँपालिका वडा नं. १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट कोषाध्यक्ष घोलेको साथबाट रु.३,००,०००/- (तीन लाख) र जनसेवा वैज्ञानिक वन व्यवस्थापन सामुदायिक वन उपभोक्ता समिती तिनपाटन गाउँपालिका, वडा नं. १० सिन्धुलीका कोषाध्यक्ष तिर्थ बहादुर रानाको साथबाट रु.३०,५०० (तीस हजार पाँच सय) घुस बापतको रकम सहित नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिबासमा बुझाइएको र आयोगको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस