जेठ १८, काठमाडौं । आज दिउँसो देशभर सामान्य बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ। जसको प्रभावले देशभर सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।
देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।